वात्सल्य नेचुरल आइभीएफले देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
यस क्लिनिकले प्रजनन् समबन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले पोखरा, विर्तामोड, नेपालगंज र जनकपुरमा एक/एक दिनको शिविर गराउन लागेको हो।
यस शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ।
शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन्। सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षणपछि आइभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
शिविर तालिका
पौष ३ गते – मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा
पौष १० गते – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापा
पौष १७ गते – वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि.टि.एस. चौक, नेपालगंज, नर्सिंग होम अगाडि
पौष २४ गते – प्रदीप क्लिनिक, हस्पिटल रोड( वार्ड ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पतालको अगाडि
समयः बिहान १० बजेदेखि
नाम दर्ताका लागि सम्पर्कः ९८०१८२३४०१/९८०२३२०९९१