अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै 'फ्लेभर्स अफ कस्मिर' (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना गरेको छ।
भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडविल एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए।
फेस्टिभल अलफ्टमा पुस ४ गतेसम्म दैनिक साँझ साढे छ बजेदेखि साढे दस बजेसम्म चल्नेछ।
वेलकम ड्रिङ्क्ससहित खानाको प्रतिव्यक्ति करबाहेक दुई हजार पाँच सय लाग्ने बताइएको छ।
शाकाहारी स्टार्टरबाट सुरू भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ 'नुक' मा उपलब्ध हुनेछ।