द बडी सपले पुनः प्रयोगयोग्य उत्पादन लेराएको छ। प्याकेजिङ पनि वातावरणमैत्री रहेको कम्पनीको भनाइ छ।
यसले उपहार बक्स र जुटका झोलालाई प्राथमिकता दिएको छ।
आफ्नो उपहार प्याकेजिङ पहिलेभन्दा बढी टिकाउ भएको घोषणा बडी शपले गरेको छ। जस्तैः ‘बाथ लिली’ पहिलेको भन्दा धेरै टिकाउ छ।
अधिकांश उपहार प्याकेजिङहरू पुनः प्रयोग गर्न मिल्ने गरी डिजाइन गरेका छन्। यो सबैका लागि उत्तम उपहार हुने कम्पनीको विश्वास छ।
छालाको हेरचाहका लागि बडी सपले ‘कम्फर्ट एन्ड चियर बडी बटर ट्रायो’देखि ‘सेक एन्ड विस जिन्जर हेयरकेयर’ लगायत थुप्रै गिफ्ट ल्याएको छ।
यस बास्नादार सामग्रीले क्रिसमसमा थप उत्सवमय बनाउने बताइएको छ।
१९८९ देखि द बडी शपको कम्युनिटी फेयर ट्रेड पार्टनर गेट पेपर इन्डस्ट्रीले यो वर्षदेखि रिसाइकल्ड पेपर र अपसाइक्लिङ कटन अपकट्स प्रयोग गरी सुन्दर उपहार बक्स बनाएको छ।