लिभिङ विद् आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको ‘डिजिटल सर्भिस आइसिटी अवार्ड २०२१’ क्लियरिङ हाउस (एनसिएचएल)ले पाएको छ।
पुस २ गते आयोजन गरिएको उक्त अवार्ड विभिन्न १२ विधामा प्रदान गरिएको थियो।
आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदानगर्ने सर्वोत्कृष्ट व्यक्तित्व,संस्था एवं प्रोडक्टलाई अवार्ड प्रदानगरिएको हो। जसअन्तर्गत डिजिटल सर्भि विधामा एनसीएचएललाई अवार्ड प्रदान गरिएको हो।
विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएको योगदानको सम्मान स्वरुप अवार्ड प्रदान गरिएको हो।
एनसीएचएलले विद्युतीयचेक क्लियरिङ्ग, अन्तर्बैंक विद्युतीय भुक्तानी लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउँदै आएको छ।
आर्थिक वर्ष २०७७/७८ मा एनसीएचएलले १३० खर्ब बराबरको विद्युतीयकारोबार फर्छ्यौट गरेको थियो। यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ।