अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै 'फ्लेभर्स अफ कस्मिर' (कस्मिरको स्वाद) फुड फेस्टिभल सम्पन्न भएको छ।
भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडविल एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै फुड फेस्टिभल गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए।
फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रणसहित उपलब्ध थिए।
शाकाहारी स्टार्टरबाट सुरू भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध भएको फेस्टिभल अलफ्ट अल-डे डाइनिङ 'नुक' मा सन्चालन भएको थियो।
'विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला-ठूला राज्य सभाको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन्। उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर आयोजना गरिएको थियो।
फुड फेस्टिबल दस दिनसम्म चलेको थियो।