डाबर नेपालले वीर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण दिएको छ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यले सामग्री उपलब्ध गराएको डाबर नेपालले बताएको छ।
कम्पनीकी अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र नेपाल तथा म्यानमार व्यापार प्रमुख एच.एस. बेदीले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
उनीहरुले डा. अनुपमा कार्की र प्रा.डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्रकुमार बस्नेतलाई नमुना चेक हस्तान्तरण गरेका हुन्।