कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड 'ई-चुलो' नेपाली बजारमा उपलब्ध भएको दुई वर्ष पूरा भएको छ।
ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्यासको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दीगो विकास प्रालिका सञ्चालक धर्म केसी बताउँछन्।
'हामीले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर ई-चुलोको डिजाइन गरेका छौं,' केसीले भने, 'ई चुलोमा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ। साथै, हरियो मकै, गोलभेंडा तथा मासु पोल्न समेत सहज छ।'
टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक रहेको कम्पनीले बताएको छ।
बजारमा पाइने इन्डक्सन चुलोभन्दा कम वाट खपत गर्ने केसीको दाबी छ।
पछिल्लो समय नेपालमा लोडसेडिङ हटेसँगै विद्युतीय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती ई चुलो बजारमा ल्याएको केसीले बताए।
समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने ई चुलोमा आफूलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डड्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन्।
स्टिल बडी भएको चुलोको एक वर्ष र ग्लास बडी भएको चुलोको २ वर्ष वारेन्टी रहेको ई-चुलोको नेपालभर बिक्रीवितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ।