सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणको जिम्मा सरकारको मात्रै नभएर हरेक व्यक्ति–व्यक्तिको रहेको बताइन्।
टेकु पचली क्षेत्रका पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री झाँक्रीले सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको सम्वद्र्धनमा जुट्न सबैमा अपिल गरिन्।
उनले भनिन् ‘अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन र सम्पदाको सम्वद्र्धनमा सबै आ–आफ्नो स्थानबाट जुटौं।’
उनले पुनर्निर्मित सम्पदाले नेपालको संस्कृति र सभ्यता जोगाउन मद्दत गरेको भन्दै सुन्दर सहर निर्माणका लागि आवश्यक काममा सरकारले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन्।
खोलाको किनारमा बस्दैमा सुकुम्बासी नभइने र वास्तविक पीडित पहिचान गरेर मात्रै सरकारले आवासको व्यवस्थापन गरिदिने झाँक्रीले बताइन्।