चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा एक लाख ११ हजार एक सय ६६ ल्यापटप र नोटबुक भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरका ल्यापटप र नोटबुक भित्रिएका हुन्।
नेपालमा चीन, जर्मनी, हङकङ, जापान, मलेसिया, बेलायत, अमेरिका लगायत दर्जनबढी मुलुकबाट डिभाइसहरु आयात हुने गरेको छ।
कोभिड महामारीपछि नेपालमा कम्प्युटर, ल्यापटप तथा नोटबुक प्रयोगकर्ता बढ्न थालेका छन्।