नजिकिँदै गरेको नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक 'होलिडे डेस्टिनेसन' त्रिशूली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटको अफर ल्याएको छ।
काठमाडौबाट ६५ किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ। न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ।
डे पिकनिकको लागि तीन पटकको खानासहित प्रतिव्यक्तिको एक हजार पाँच सय रुपैयाँको अफर छ भने र्याफ्टिङको लागि निशुल्क फोटोसहित प्रतिव्यक्ति आठ सय रुपैयाँको अफर रहेको छ।
जिपलाइन राइडको ओपनिङ अफरको रूपमा तीस प्रतिशत छुटसहित एक हजार पचास रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए।
गतिविधिमात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेसनमा पनि छुटको व्यवस्था गरेको छ।
बालकनी र कौसी सहितको एसी डिलक्स रूमको तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, ग्रुप रूमको भने प्रतिव्यक्ति दुई हजार दुई सय रुपैयाँ तोकिएको छ।
त्यस्तै टेन्टको भने एक हजार छ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवासीय प्याकेजमा तीन पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन्।
योसँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ।
काठमाडौंदेखि रिसोर्ट र रिसोर्टदेखि काठमाडौंको लागि बसमा प्रतिव्यक्ति आठ सय रुपैयाँ र सोही रूटमा निजी कार रिजर्भ गर्न चाहेमा छ हजार पाँच सय रुपैयाँ, जीपको लागि दस हजार रुपैयाँ, हायस माइक्रोको लागि बाह्र हजार पाँच सय, मिनी बसको चौध हजार र टुरिस्ट बसको बीस हजार रुपैयाँ तोकिएको छ।