शैक्षिक संस्थाको परम्परागत शिक्षा व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजी टेक्नोलोजी प्रालिले 'स्कुल वर्क्स प्रो' सञ्चालनमा ल्याएको छ।
डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कुल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजी टेक्नोलोजीका सिइओ प्रमोद पौडेल बताउँछन्।
सफ्टवेयरमार्फत् अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कुल फि, विद्यालयको एकेडेमी क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पौडेल बताउँछन्।
शिक्षकले सफ्टवेयरमै गृहकार्य/असाइनमेन्ट दिने र सोको जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोलमार्फत् विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन्।
कक्षाको रूटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत इ-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ।
स्कुल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्यांकन, रिजल्ट व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम सफ्टवेयरमार्फत् नै नियन्त्रण गर्न सक्नेछन्।
त्यस्तै, विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबीच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी छ।
विद्यार्थीले सफ्टवेयरबाटै अरू विद्यार्थीको तुलानामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन्।
'स्कुल वर्क्स प्रोको कार्यान्वयनपश्चात मानव संशाधन, प्रिन्ट, संचार लगायतको खर्च घट्छ,' पौडेल भन्छन्, 'प्रविधिको सदुपयोगले सीमित कर्मचारीबाट पनि इफिसियन्सी बढाउन सकिन्छ।'
शिक्षामा अन्तर्क्रियात्मक व्यवस्थालाई प्राथमिकता दिँदै स्कुल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकीकृत प्रणालीमा व्यवस्थापन गर्न सहयोग पुर्याउने थापाको भनाइ छ।
स्कुल वर्क्स प्रोको सुविधा वेबमा मात्र नभई मोबाइल एपमार्फत् पनि लिन सकिने बताइएको छ। यसबारे थप जानकारी कम्पनीको वेबसाइट www.schoolworkspro.com बाट लिन सकिन्छ।