'स्टडी इन अष्ट्रेलिया' भन्ने मूल नाराका साथ आगामी मंगलबार काठमाडौंमा पहिलो पटक अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुँदैछ। नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले भोलि पुस २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो।
कार्यक्रम कक्षा ११ र १२ मा अध्ययन विद्यार्थीहरू लक्षित हुनेछ भने कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरूको लागि पनि उपयुक्त हुने नोभाका कार्यकारी निर्देशक रमण कोइराला बताउँछन्। उनी यसबाहेक कार्यक्रममा स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूको समेत राम्रो सहभागिता हुनेमा सकारात्मक छन्।
यो शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरूको लागि सल्लाह दिन अस्ट्रेलियाको कलेज र विश्वविद्यालयका प्रतिनिधिले सहभागिता जनाउने छन्। साथै शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडिपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरू लगायत १५ वटा संस्थाहरूको सहभागिता हुनेछ।
मेलामा छात्रवृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ। त्यस्तै एक सय सहभागीहरूलाई नि:शुल्क आइएल्टिएस वा पिटिई कक्षाहरू उपलब्ध गराइनेछ भने एक भाग्यशाली बिजेताले अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा प्राप्त गर्न सक्नेछ।
नोभाद्वारा आयोजित पहिलो अष्ट्रेलियन शिक्षा मेला २०२२ को उद्घाटन एचई फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुँदैछ। मेलाको इभेन्ट म्यानेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ।