अल्फा बिटाले शुक्रबार 'अस्ट्रेलियन एजुकेसन फेयर' सञ्चालन गर्दैछ। उक्त मेला नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा आयोजना हुँदैछ।
यो मेलामा अस्ट्रेलियाका २० वटा विश्वविद्यालय र कलेजहरूको सहभागिता हुने अल्फा बिटाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले जानकारी दिए।
मेलामा प्रमुख अथितिका रुपमा नेपालका लागि अस्ट्रेलियन राजदूत महामहिम फेलिसीटि वोल्क, अतिथिका रुपमा न्यू साउथ वेल्सकालागि नेपालका महावाणिज्य दूत दीपक कुमार खड्का, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष रामहरी अर्याललगायत एसएन्डएस अकाउन्टिङ बिजनेस सर्भिसका सन्चालक एवम् अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवालको सहभागित हुनेछ।
अस्ट्रेलियन विश्वविद्यालय एवम् कलेजहरूले गुणस्तरता, नवीनता तथा समावेशितामा छुट्टै पहिचान बनाएका छन्।
लामो समयसम्म कोभिडका कारणले अन्तर्राष्ट्रिय सिमाना बन्द गरेको अस्ट्रेलियाले गत डिसेम्बर १५ तारिखदेखि कोभिड विरुद्धको पूरा डोज खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सिमान पुनः खोलेको छ।
यस्तोमा नेपाली विद्यार्थीहरू उच्च शिक्षा, विशेष स्नातक र स्नातकोत्तरको लागि अस्ट्रेलिया जाने तयारीमा छन्।
उक्त तयारीलाई सहज बनाउन र विद्यार्थीहरूसँग प्रतक्क्ष भेट बढाउन अल्फा बिटाले अस्ट्रेलियन एजुकेसन फेयर आयोजना गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
मेलामा अस्ट्रेलियन विश्वविद्यालय र कलेजहरूका साथै अङ्ग्रेजी भाषा परिक्षण गराउने आइएलटिएस तथा पिटिईका आधिकारीक व्यक्तिहरू, बीमा तथा बैङहरूको पनि सहभागिता हुनेछ।
सिइओ द्विराजका अनुसार यो मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरूले कुनै पनि किसिमको शुल्क नतिरी अन्तर्राष्ट्रिय उच्च-शिक्षा बारेमा जानकारी लिन सक्नेछन्।