हिमालयन बैंकले न्युरोडस्थित संकटा क्लबलाई दश लाख रुपैयाँको प्रायोजना गरेको छ। बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन संकटा क्लबलाई प्रायोजना गरेको हो।
बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक सामग्री खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको बताएको छ।
बैंकले लामो समयदेखि देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रोत्साहनमा योगदान प्रदान गर्दै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहबीच संकटा क्लबका महासचिव रमेश धोज बस्नेतलाई हस्तानतरण गरेका हुन्। समारोहमा महाप्रबन्धक अनुप मास्के,संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधरलगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।