नेपाल आयाल निगमको निमित्त कार्यकारीमा शुशिल भट्टराईलाई नियुक्त गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भट्टराईलाई निमित्त कार्यकारीमा नियुक्त गरेको हो।
नयाँ कार्यकारी नियुक्त नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जानकारी दिएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल कार्यकाल पुरा गरेर विदा भएपछि अघिल्लो सातादेखि निगम नेतृत्व विहीन बनेको थियो।
सरकारले नयाँ कार्यकारी नियुक्तिका लागि सूचना आवह्वान गरिसकेको छ।