साथीमार्टले रौतहटको चन्द्रपुर-४ मा नयाँ आउटलेट सुरू गरेको छ।
विद्यार्थी जीवनमै रहेका सौरभ बस्नेतले साथीमार्टको फ्रेन्चाइज लिएर आउटलेट सञ्चालनमा ल्याएका हुन्।
मार्टको उद्घाटन बागमती प्रदेशका प्रदेश सभा सदस्य देवीप्रसाद तिमल्सिनाले गरेका हुन्।
साथीमार्टको बारेमा जानकारी पाएपछि जिज्ञासा राखी प्रभावित भएर नयाँ अवसरको रूपमा साथीमार्टको आउटलेट सुरू गरेको बस्नेतले बताए।
आफ्नै दाजुभाइहरू मिलेर चन्द्रपुरमै नयाँ केही गरूँ भन्ने उद्देश्यले मार्टप्रति आकर्षण बढेको बस्नेत बताउँछन्।
बाह्र सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ।
फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै वर्ष ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ।
एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसीप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ।