हात्ती ८ स्ट्रंग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम बीच 'हात्ती मेरो साथी' टिकटक प्रतियोगिता सम्पन्न गरी विजेताहरू घोषणा गरेको छ।
उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध 'हात्ती मेरो साथी' को गीतमा नाचेर आश्विन १५ गतेदेखि मङ्सिर १४ भित्र टिकटक भिडिओ अपलोड गरेका थिए।
सर्वाधिक लाइक प्राप्त गरेकी जानकी कुमारी बरालले प्रतियोगितामा पहिलो स्थान हात पार्दै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छिन्। त्यस्तै, चन्द्र कुमारी फुयाल (हजुरआमा) प्रतियोगितामा दोस्रो भएकी छन्। उनले २५ हजार जितेकी छन् भने टिकटक प्रयोगकर्ता सुरुची श्रेष्ठले तेस्रो स्थान हात पार्दै १० हजार रुपैयाँ जितेकी छन्।
नगद उपहारसँगै तीनै विजेताहरूले दुई जनाको लागि दुई रात-तीन दिनको सौराहा भ्रमणको प्याकेज पाएका छन्। यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका टिकटक प्रयोगकर्ताहरूले बनाएको टिकटक भिडिओहरू ३० लाखभन्दा बढी पटक हेरिएको थियो।
हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत संचालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रंग बियर हो।