आफ्नो शरिरलाई माया नगर्ने कमै मानिस होलान्। नभए प्रायःले शरिरको ख्याल राख्छन्। सानो चोट पनि नलागोस् भन्ने सोच्छन्। शरिरमा घाउ-चोटको निसाना नहोस् भन्ने ठान्छन्।
शारिरिक रूपमा शरिरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ। दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ। रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन।
छालाको ख्याल राख्न बडी सपका बटर निकै उपयोगी छ। यसले छालालाई आवश्यक पोषणतत्वहरू जोगाइराख्छ।
जाडो महिना होस् या अन्य हरेक मौसममा हाम्रो छालाभित्रको मोइस्चर हावाले सोस्छ र छाला फुस्स्रो पारिदिन्छ। फुस्रो छालामा स-साना कारणले पनि घाउ हुन्छ। यस्तोमा छालामा मोइस्चराइजर लगाउने बानी राम्रो हो। बडी बटरले यो काम गर्छ। यसले छालालाई लामो समयसम्म मोइस्ट राख्छ। र, छालाको मोइस्चर हत्तपत्त हावाले सोस्नबाट रोक्छ।
त्यस्तै, बडी बटरले हाम्रो छालामा देखिने स-सानो दर्का र चाउरिपनलाई पनि कम गर्न मद्दत गर्छ। यो बडी बटर हात र खुट्टाहरूको छालाको लागि बढी उपयोगी र प्रभावकारी छ। विशेष हामीले अनुहार पछि ख्याल राख्नुपर्ने पनि हात र खुट्टाको छाला हो। किनभने हावासँग बढी प्रतक्क्ष आउने यिनै भाग हुन्।
हात-खुट्टाको छाला नरम राख्दा कस्तो प्रडक्ट प्रयोग गर्नेमा पनि ध्यान पुर्याउनुपर्ने छाला तथा सौन्दर्य रोग विषेशज्ञहरू बताउँछन्। यस्तोमा बडी बटर विश्वस्तरीय मान्यता प्राप्त बडी सपको प्रडक्ट रहेकोले हरेक प्रकारको छालाको लागि उपयुक्त ठहराइएको छ।
सन् १९९२ मा पहिलो पटक बडीसपले बडी बटर सार्वजनिक गरेको थियो। त्यसबेलादेखि अहिलेको अवस्थामा आइपुग्दा यसको माग बढ्दो छ। ग्लोबल युनिट सेल्सको तथ्यांकअनुसार प्रत्येक ३ सेकेन्डमा एउटा बडी बटर बिक्री हुँदैछ।
बजारमा स्ट्रबेरी, ब्रिटिस गुलाफ, बदाम दूध, एभोकाडो, सिया, अर्गन, जैतुन, म्याङ्गोलगायत विभिन्न १३ वटा फ्लेबरमा यो बडी बटर उपलब्ध छ।
बडी बटरहरू 'द भिगन सोसाइटी'बाट मान्यता प्राप्त हुन्। यो ९५ प्रतिशत प्राकृतिक सामग्रीबाट बनेका हुन् भने यसले एक पटकको प्रयोगमा ९६ घण्टासम्म छालालाई सुख्खा हुनबाट रोक्छ।
बडी सपको एक सर्वेक्षणअनुसार बडी बटरको प्रयोगले ९० प्रतिशत व्यक्तिहरूको छालामा सकारात्मक परिवर्तन देखिएको छ। त्यस्तै, ८६ प्रतिशतले बडी बटरको मद्दतमा छालामा चमक ल्याएको स्वीकारेका छन्।
बडी सपले वातावरणलाई निकै ध्यानमा राखेर आफ्नो उत्पादनहरू सार्वजनिक गर्दैछ। यसले दक्षिण अफ्रिकामा पानी व्यवस्थापन रणनितीसहित एभोकाडोको खेती गर्दैछ। र, यसैबाट एभोकाडोको तेल निकाल्छ।
त्यस्तै, उत्तरी घानामा भएको ११ वटा गाउँका ६ सय भन्दा बढी महिला सदस्यहरू सिया बटर बनाउन सक्रिय छन्। जसले गर्दा उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र हुन मद्दत मिलेको छ।
बडी सपका हरेक प्याकेट पुनः प्रयोग गर्न मिल्ने तरिकाले प्याकेजिङ गरिएको हुन्छ। यसले ’प्लास्टिङ फर चेन्ज’ सँगको सहकार्यमा प्लास्टिक खपत कम गर्नमा जोड दिदैँछ। अभियान नै चलाएर यसले भारतस्थित बैंगलुरुमा प्लास्टिक टिपेर वातावरण सफा राख्न मद्दत गर्ने व्यक्तिहरूलाई सुरक्षित रोजगार र उचित ज्याला प्रदान ग¥यो। यसले झन्डै २,५०० त्यस्ता कामदारलाई मद्दत गरेको छ।