नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबार (माघ १६) सम्ममा १७ जनाले आवेदन दिएका हुन्।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
आवेदन दिनेहरूमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा.लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, डा.चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार छन्।
रिक्त कार्यकारी पदका लागि उद्योग मन्त्रालयले पुस २५ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन आग्रह गरेको थियो।
२०७५ पुस २३ को मन्त्रीपरिषद बैठकको निर्णयअनुसार कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै उक्त पद खाली थियो।