कोभिड कहर बीचमै सुरू भई नेपाली युवा पुस्ता र पारिवारिक भ्रमणको रोजाइमा पर्न सफल पोखराको वर-पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २० प्रतिशत छुटसहित 'विन्टर अफर' घोषणा गरेको छ।
अफरमा एयरपोर्टदेखि रिसोर्टसम्म पिक एन्ड ड्रपको समेत नि:शुल्क सुविधा रहेको वर-पिपल रिसोर्टका सञ्चालक जितु गुरूङले बताए।
कर्पोरेट ट्राभलर र बिजनेस ट्राभलरलाई थप छुट साथै एक्सप्रेस चेक इन र चेक आउट सुविधा रहेको छ।
लेकसाइडकै नजिक उँचो ठाउँमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।
नेपालीपन झल्काउने गरी निर्माण गरिएको रिसोर्टमा खानामा पनि ‘सर्भिङ नेपाली टेष्ट’ नाराका साथ नेपाली स्वाद पस्किने गरेको गुरूङ बताउँछन्।
रिसोर्टको इन्फिनिटी स्वीमिङ पुल युवाहरूको खास आकर्षणको केन्द्र बनेको छ।
स्पा, साउना समेत रहेको रिसोर्टमा क्याम्प फायर, पार्टी समेत गर्न सकिन्छ भने प्रसस्त पार्किङको पनि सुविधा छ।
पछिल्लो समय रिसोर्ट आउट डोर पार्टीको उत्कृष्ट गन्तव्य बनेको गुरूङ बताउँछन्।
हनिमुन, बर्थ डे, एनिभर्सरी तथा चाडबाडलाई यादगार बनाउन रिसोर्टले छुटसहितका आकर्षक प्याकेज बनाउने गरेको छ।
डिलक्स, सुपर डिलक्स र स्वीट गरी ४० वटा कोठा रहेको रिसोर्टमा कन्फरेन्स हल र रेष्टुरेन्टको सुविधा छ।
रिसोर्ट शान्त वातावरणमा भएकाले कलाकार, युवापुस्ता, परिवारसँगै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गुरूङ बताउँछन्।
बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टको सबै कोठामा बाल्कोनी छ। करिब १० रोपनी जग्गामा रहेको रिसोर्ट लेकसाइडको स्ट्रिट नम्बर २८ मा रहेको छ।