इस्लिङटनकलेजले सन् २०१६ देखि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्विविद्यालय अन्तर्गत विविध प्रतिष्ठित छात्रावृत्ति कार्यक्रमहरू आयोजना गर्दैछ।
उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्नातकोत्तर डिग्रीका लागि बेलायतस्थित लन्डन मेट्रोपोलिटियन विश्विविद्यालयमा सम्पूर्ण शैक्षिक लागत एवम् बसाई र यात्राको लागत समावेश गरी ३३,००० पाउन्ड बराबरको छात्रावृत्ति दिदैँ आएको हो।
यस छात्रावृत्ति कार्यक्रमको सहयोगबाट इस्लिङटनकलेजले दर्जनौँ विद्यार्थीहरूलाई करिअरको उच्चतम श्रेणीमा पुर्याउनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमै अनुभवी र दक्ष बनाउन विशेष योगदान पुर्याएको छ।
अन्तर्राष्ट्रिय स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका छात्रावृत्ति कार्यक्रमहरूमार्फत प्रशंसनीय प्रतिक्रिया पाएको यस कलेजले अध्ययनरत विद्यार्थीहरूका लागि पूर्ण स्नातकोत्तर डिग्रीमा थप छात्रावृत्ति कार्यक्रम समावेश गर्दै उनीहरूलाई आफ्नो करिअरको बढावाका निमित्त विविध अवसरहरू पहिल्याउन प्रेरित गरेको छ।
विद्यार्थीहरूले यस कलेजमै रही सूचन प्रविधि र बिजनेसको स्नातकोत्तर डिग्री लिएपछि यी छात्रावृत्तिहरूका लागि आवेदन दिन पाउनेछन्।
साथै, कलेजले हालसालै उत्कृष्ट विद्यार्थीहरूका लागि एएए छात्रावृत्ति अर्थात् एकेडेमिक्स, एयाटिट्युड र अटेन्डेन्स छात्रावृत्ति प्रस्तुत गर्दै उनीहरूकोे करिअरको उचित मार्गदर्शनका लागि विशेष जोड दिएको छ।
यो छात्रावृत्ति अन्तर्गत कलेजले भर्ना भएका विद्यार्थीहरूको वार्षिक रूपमा शैक्षिक कौशलता मापन गर्नेछ। र, उत्कृष्ट १० प्रतिशतमा छनोट हुन सफल विद्यार्थीहरूलाई त्यस वर्षका लागि अन्तर्राष्ट्रिय छात्रावृत्तिबाहेक १०० प्रतिशत शैक्षिक छात्रावृत्ति दिनेछ।
विविध किसिमका छात्रावृत्ति कार्यक्रमहरू प्रस्तुत गर्दै इस्लिङटनकलेजले विद्यार्थीहरूलाई निरन्तर रूपमा शिक्षामा अभिप्रेरित गर्नुका साथै शिक्षाप्रति उनीहरूको मेहनत, कुशलता र लगावको सही मान्यता दिदैँछ।
छात्रावृत्तिको लिंकः UK Scholarship 2021/2022