मिदास टेक्नोलोजिको हेल्थेकेयर एप 'मेरो डाक्टर' एक लाखभन्दा बढी डाउनलोड भएको छ। सञ्चालनमा आएको आठ महिनाको अवधिमा ३५ हजार बढी विरामीलाई सेवा पुर्याएको कम्पनीले बताएको छ।
एपमा सूचीबद्ध अस्पतालहरुबाट तीन महिनामा १० हजारभन्दा बढी विरामीहरुले घरबाटै ओपिडि टिकट लिएका छन्। घरबाटै ओपिडि टिकट लिँदा सेवाग्राहीहरुलाई निकै सहज भएको कम्पनीको दावी छ।
मिदास टेक्नोलोजी विगतदुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्न उल्लेख्य भूमिका खेल्दै आएको छ। मिदासले देशभरका १ सय ५० भन्दा धेरै अस्पतालहरूलाई व्यवस्थापन पक्षमा सहयोग पुर्याउँदै आएको छ।
एपमार्फत भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानीगर्न, निर्धारित औषधिहरू प्राप्तगर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न,वाआफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिन्छ।
यो एपमार्फत बिरामीले बिहान७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमात त्कालनिःशुल्क परामर्श लिन सक्छन्।