पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले 'भ्यालेन्टाइन्स डे'लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत टेन्डम (जोडी) बन्जी गर्ने जोडीले स्विङ नि:शुल्क खेल्न पाउनेछन्। त्यस्तै, जिपलाइन बुक गर्ने जोडीले पनि स्विङ नि:शुल्क खेल्न पाउनेछन्।
नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडी बन्जी सुरू गरेको हो। हाल हाइग्राउण्ड एड्भेन्चर प्रेम जोडीको रोजाइको गन्तव्य बन्ने गरेको छ।
हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ।
खोलाबाट २ सय ६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको छ। टावरमा रहेको डोरीमा स्विङ खेल्ने ब्यक्तिलाई झुन्ड्याइन्छ। कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकै पटक बसेर खेल्न मिल्छ।
परिवार र साथीहरूसँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ।
स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ। स्विङ खेल अवधी ३ मिनेटको हुन्छ। स्विङको शुल्क २ हजार प्रतिव्यक्ति र फोटो भिडिओ टिसर्टको बाह्र सय छ।
समुन्द्री सतहदेखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ। यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरू नभएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा 'विश्वकै भिरालो जिपलाइन'का रूपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।
विश्वकै लामोमध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दूरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ।