राइड सेयरिङ प्लेटफर्म पठाओले बीमासम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पूर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले 'पठाओ इन्स्योरेन्स हेल्पलाइन' सुरू गरेको छ।
हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन्।
पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बीमा र दुर्घटनासम्बन्धी विषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरी एक्स्टेन्सन ४ थिचेपछि विभागीय विशेषज्ञले आवश्यक परामर्श दिनेछन्।
नेपालमै पहिलोपटक 'राइड सेयरिङ बीमा' सुरू गरेको पठाओले दुर्घटना उपचार बीमा एक लाखसम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाखसम्मको बीमा उपलब्ध गराएको छ।
पठाओको राइड सेयरिङ बीमाबारे थप जानकारी पठाओको वेबसाइटमा हेर्न सकिनेछ।