प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेसनसँग सहकार्य गरेको छ। इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेस नेपाल खेलकुद महासंघसँग समेत आवद्ध छ।
यो सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमहरूलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखेको छ।
प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याएको छ। देशमा आइबी कार्यक्रमहरू सुरु गर्ने प्रिमियर अग्रगामी स्कुल हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको खेलकुद पुर्वाधार र कार्यक्रमहरूको सुरुवात गर्न, देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र सक्षम विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सधैं यसले सकारात्मक भूमिका निर्वाह गरेको छ।
यस सहकार्यसँगै प्रिमिय स्कुलले नयाँ खुड्किला चढेको छ। इन्टरनेसनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आइएसएफ)ले सन् १९७२ देखि स्कुल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै छ। खेलकुदको माध्यमबाट शिक्षा प्रदान गर्नु यस निकायको प्राथमिक उद्देश्य हो।
स्कुल समर गेम्स (यू १८), वर्ल्ड स्कुल च्याम्पियनसिप, आइएसएफ ई-स्पोट जस्ता अन्य धेरै विद्यालय स्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आइएसएफ मान्यता प्राप्त संघ हो। यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। विद्यार्थीहरूले विश्वका विभिन्न भागहरूबाट ३,५०० देखि ५,००० विद्यार्थीहरूसँगै २० भन्दा बढी शैक्षिक र गैर-शैक्षिक खेलहरूमा भाग लिन सक्नेछन्।
नयाँ सहकार्यमार्फत नेपाली स्कुलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद क्षेत्रमा परिचय र प्रबन्धन गर्ने लक्ष्य राखिएको हो।
यस सहकार्यमार्फत प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलका विद्यार्थीहरूका साथै अन्य स्कुलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ। नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आइएसएफ दुवैले यस इकोसिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छन्।