विगत २१ वर्षदेखि शिक्षा, तालिम र परामर्शमा आबद्ध केएफएले नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागु गर्दै आएको छ। कलेजले आफ्नो नारा 'भिजन बियोन्ड द बक्स' लाई आत्मसाथ गर्दै उक्त अभ्ययन विधिहरू लागु गरिरहेको छ। जसलाई पिलर अर्थात् स्तम्भको रूपमा नामकरण गरिएको छ।
यहाँ पढाई हुने एमबिए प्लसमा १२ पिलर छन् भने बिएचएम अन्तर्गत १० पिलर छन्। यस्तै यसै वर्षदेखि सुरू हुन लागेको बिसिएसआइटीमा ९ पिलर राखिएका छन्।
यी सबै पिलरहरूको उद्देश्य शैक्षिक पाठ्यक्रम बाहेक अन्य सीप र अवसर प्रदान गर्नु हो। जसले विद्यार्थीहरूको समग्र विकासमा सहयोग पुर्याउदै काम र शिक्षा बीचको सीपको अन्तर कम गर्न ठूलो भूमिका खेल्ने केएफएका प्रमुख कार्यकारी अधिकृत किश्लय झाले दाबी गर्छन्।
व्यावसायिक तालिम र परामर्सबाट बटुलिएका अनुभवका आधारमा यस्ता स्तम्भको निर्माण गरिएको उनले बताए। सिइओ किश्लयका अनुसार एमबिए अन्तर्गत एकै पटकमा दुई शिक्षकले पढाउने, विद्यार्थीको क्षमता पहिचान गराई त्यही अनुरूपको करिअरमा लाग्न प्रोत्साहन गर्ने, विद्यार्थीकै अग्रसरतामा प्लेसमेन्ट सेल संचालन गर्ने, कर्पोरेटलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने जस्ता विभिन्न रचनात्मक विधि केएफएमा छ।
त्यस्तै, बिएचएम अन्तर्गत सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै लग्ने, विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, वास्तविक अनुभवका लागि ठूला होटेलमा विद्यार्थीहरूलाई लैजाने, काम गर्ने अवसर प्रदान गर्ने जस्ता महत्वपूर्ण स्तम्भ छन्।
भर्चुअल अफिस स्थापना गरी नेटवर्क र सेक्युरिटी सिक्ने, कम्पनीमै गई स्थलगत अनुभव लिने, साइबर सुरक्षाको क्षेत्रमा अपडेटेड राख्न विभिन्न तालिम प्रदान गर्ने, व्यवस्थापनका गुण सिकाउने जस्ता विभिन्न अन्य स्तम्बले बिसिएस आइटी पनि आकर्षक बनेको छ।