रिद्धिसिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन भएको छ। ४५ बर्षको उमेरमा यहि फागुन ५ गते असामयिक निधन भएको हो।
खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रअन्तर्गत गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका थिए। दीर्घकालिन सोच बोकेका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको रिद्धिसिद्धि सिमेन्टले बताएको छ। कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।
यो सिमेन्ट विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापना भएको शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो। स्थापनाको पाँच बर्षभित्रै सिमेन्टले उपभोक्ताको विस्वास जित्न सफल भएको कम्पनीको दावी छ।