नेपाल डिजिटल पेमेन्स्ट नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ। एक सम्झौताका बीच नेपाल डिजिटल पेमेन्ट्स आबद्ध भएको हो।
सम्झौतामा एनडिपिसिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंहले हस्ताक्षर गरेका हुन्।
त्यस्तै दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कामअघि बढाइएको कम्पनीको भनाई छ।
हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक÷वित्तिय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् ।
थप जानकारीका लागि एनसिएचएलको वेबसाइटमा हेर्न सकिन्छ।