एनएमबि बैंकका ग्राहकलाई जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा उपचार गर्दा विशेष सहुलियत दिने भएको छ।
कर्मचारीहरुलाई सहज होस् भन्ने उद्धेश्यले बैंक तथा हेल्थकेयरबीच सम्झौता गरिएको बताइएको छ।
सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारको उपचारमा छुट हुनेछ।
उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई भर्ना, फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने भएको हो।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।