काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ। काठमाडौं ट्रिनालेद्वारा त्रैवार्षिक रुपमा आयोजित चौथौं 'काठमाडौं ट्रिनाल २०७७' अन्तर्राष्ट्रिय कला प्रदर्शनीका लागि दुई पक्षबीच सम्झौता भएको हो। यो साझेदारीसँगै बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रबर्धन गर्नेछ।
यही फाल्गुन १७ गतेदेखि चैत १७ गतेसम्म हुन लागेको कला प्रदर्शनीमा ४० राष्ट्रका एक सय जना कलाकारहरूले आफ्ना तीन सय कलाकृतिहरू प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरूमा आफ्ना कलाहरू प्रस्तुत गर्नेछन्।
कुनै पनि कला संस्कृतिमा पेन्टस्को भूमिका नितान्त महत्वपूर्ण हुने भएकोले बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिको प्रबर्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।
विश्वव्यापी समकालीन कला प्रदर्शनीको लागि काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो। काठमाडौंको कला र संस्कृतिलाई विश्वसामू चिनाउन सिदार्थ आर्ट फाउन्ढेसनको पहल स्वरुप यस प्रदर्शनीको पछिल्लो संस्करण सुरू हुन गइरहेको हो।