नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी र मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश मामिला प्रमुख डा.बिजय चौथाईवालेबीच भेटवार्ता भएको छ। उनीहरुबीच भारतीय जनतापार्टीको हेडक्वार्टर अशोका रोड दिल्लीमा भेट भएको हो।
उक्त वार्तामा नेपालको उर्जा, अन्तरदेशीय बिद्युत प्रसारणलाईन लगायत पूर्वाधार क्षेत्रमा एएए मोडलमा भारतीय लगानी बृद्धि बारे छलफल भयो। यसले नेपाल-भारत आर्थिक सम्बन्ध सुदृढ बनाउने विश्वास लिइएको थियो।
साथै नेपालका ठूला परियोजनाहरुमा ठूलो लगानीको आवश्यक हुने भएको त्यस्ता परियोजनाहरुमा नेपाल र भारत दुबै देशका नीजी क्षेत्रका लगानीकर्ताहरुलाई संलग्न बनाई अघि बढ्न आवश्यक औँल्याइएको छ।
उपाध्यक्ष केसीले नेपालमा नेपाल-भारत उद्यमशीलता केन्द्र स्थापना गरी उद्यमशीलताको बिकासमा पनि सहयोग गर्न अनुरोध गरे। उनले जलबिद्युत परियोजना तथा पूर्वाधारका परियोजनाहरुमा लगानी गरी सार्वजनिक नीजी साझेदारी (एएए) मोडललाई प्रबद्र्धन गर्न आवश्यक रहेको पनि बताए।
भारतीय जनता पार्टीका बिदेश मामिला बिभाग प्रमुख डा. बिजय चौथाईवालेले नेपालमा त्यस्ता ठूला परियोजनाहरुमा भारतीय लगानी बृद्धि होस् भन्ने चाहेको बिचार ब्यक्त गरे।