ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयसँग श्रम रोजगार तथा यातायातले स्पष्टीकरण सोधेको छ।
सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालसहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधनको ट्रायलमा देखिएको समस्या बारेमा आएका गुनासोबारे कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए।
सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधनको ट्रायल सुरू गर्न निर्देशन दिएका छन्।
‘लाइसेन्स लिनका निवेदन दिने धेरै हुनुहुँदो रहेछ, जनताका गुनासा समेत धेरै आए’, मन्त्री दाहालले भने, ‘कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौं।’
यसअघि गएको गत माघ महिनामात्र स्थलगत निरीक्षण गरेका थिए।
सो अवसरमा उनले जनगुनासो आए आफैं उपस्थित भएर कारबाही गर्ने चेतावनी दिएका थिए।
आफू यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँदै उनले आफूहरू आएर निर्देशन दिँदा समेत सुधार नआएपछि मिडिया र जनताको गुनासोलाई सम्बोधन गर्दै 'अन द स्पट' कर्मचारीहरूसँग स्पष्टीकरण र कारबाही सुरू गरेको बताए। सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू छिट्टै हल हुने उनले बताए।
सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाइने बताए।
कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसँगै लागु भएपछि समस्या हल हुने उनले दाबी गरे।