रेमिट कम्पनी ई-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गरेर अब ई-सेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था सुरू भएको छ। उक्त सुविधा गत मार्च १ तारिखबाट सुरू गरिएको हो। यो मे ३१ तारिखसम्म चालू रहनेछ।
ई-सेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले ई-सेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स नेपालभर रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी ई-सेवाका एजेन्ट मार्फत तुरुन्तै पाउँनेछन्।
हालसालै नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार प्रति दिन २५ हजारसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न 'शून्य शुल्कमा रेमिट्यान्स' सेवा सुरू भएको हो। यसले कारोबारमा सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, तीन महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ई-सेवाले तीन महिनासम्म हरेक महिना एक जना विजेतालाई एउटा रेड्मी ९-आई स्मार्ट फोन दिने योजना ल्याएको छ। त्यसका लागि, ई-सेवा वालेट प्रयोगकर्ताले ई-सेवा एपको रेमिट्यान्स आइकनमा क्लिक गरी ई-सेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरेर रेमिट्यान्स पठाउनु पर्ने हुन्छ।
ई-सेवाले नेपालका सुविधा सम्पन्नदेखि विकट क्षेत्रहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहज बनाउँदैछ।
ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै छ। ई-सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दैछ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।