इन्फर्मेटिक्स कलेज पोखराले आफ्नो १२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। उत्कृष्ट नतिजा र व्यवसायिक शिक्षा दिँदै आएको यो कलेजका विद्यार्थीले १२औं वार्षिकोत्सव एक भव्य समारोहबीच मनाएका हुन्।
इन्फर्मेटिक्स कलेज पोखराले बिजनेश र आइटी कोर्षअन्तर्गत रहेर बिआइटी तथा बिबिए प्रोग्राम अध्यापन गराएर विद्यार्थीलाई उपयुक्त मार्गनिर्देश गर्दै आएको छ।
यस्तै, डिजिटल बिजनेश म्यानेजमेन्ट र इभेन्ट्स तथा टुरिजम म्यानेजमेन्ट बिजनेश तर्फ तथा आईटीमा बिएससी कम्प्युटिङ कोर्षलाई विशिष्टिकृत गरेर अध्यापन गराउँदै आएको यो कलेज उपयुक्त शैक्षिक गन्तव्य रुपमा इन्फर्मेटिक्स कलेजले आफ्नो पहिचान बनाएको छ।
यस्तै, कलेजले आफ्नो लामो शैक्षिक यात्राका क्रममा पाठ्यक्रममा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड दिएको छ।
कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर कार्यक्रम, इन्डष्ट्री एक्सपोजर तथा विभिन्न कार्यक्रमहरू समेत समावेश गरेको छ। इन्फर्मेटिक्स कलेज पोखराले जेहेनदार विद्यार्थीका लागि एएए छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। यो कलेजले उत्र्तीण भएका आफ्ना विद्यार्थीमार्फत विभन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।