भुक्तानी सेवा प्रदायक इ-सेवामार्फत विद्यालयको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ। इ-सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ।
यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क सब्क्रिब्सन गर्न सकिनेछ। किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क सब्क्रिब्सन गर्न सकिनेछ।
इ-सेवामार्फत देशभरका चार सयभन्दा धेरै विद्यालयको शुल्क भुक्तानी गर्न सकिने बताइएको छ। हाल इ-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको इ-सेवाले जानकारी दिएको छ। अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाखले सेवा लिइरहेको कम्पनीको दावी छ।
देशभर इ-सेवाका करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हालसम्म इ-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन्। हाल मर्चेन्टको संख्या दुई लाख बढी छ।