नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएका एनएचसिएल बैंक सेन्ट्रल तथा कर्पोरेट पेमार्फत गरिने राजश्व भुक्तानीमा सीमा बढाइएको छ। राष्ट्र बैंकको स्वीकृतिमा सीमा बढाइएको कम्पनीले बताएको छ।
एनएचसिएल बैंक सेन्ट्रलमार्फत अनअस मा दुई अर्बसम्म कारोबार गर्न सकिन्छ।
त्यस्तै कर्पोरेट-पेमार्फत पब्लिक नेटवर्कबाट अनअसमा एक करोड रुपैयाँ कारोबार गर्न सकिन्छ। प्राइभेटट नेटवर्कबाट अनअसमा पाँच करोडसम्मको सीमा तोकिएको छ।
बृद्धि गरिएको प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ।
पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी रु ३० करोड सम्मर रियल टाइम भुक्तानी रु २० लाखसम्मनै लागू हुनेछ।
थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ। खास गरी अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुने विश्वास लिइएको छ।