क्लास्सिक टेकको भगिनी कम्पनी कारो फिल्म्स प्रालिका प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डेबीच चर्चित उपन्यास 'लू'को कपिराइट हस्तान्तरण समारोह सम्पन्न भएको छ। उपन्यास 'लू'को चलचित्र बन्दैछ।
चलचित्रको पटकथा लेखक नयन राज पाण्डेले नै लेख्ने बताइएको छ। योसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ठूलो बजेट चलचित्रहरू आगामी दिनहरूमा निर्माण गर्ने उद्देश्यले आफ्नो स्थापना भएको बताएको छ।
उक्त कम्पनीले नयाँ अत्याधुनिक प्रविधिको फिल्मी सामग्रीहरू नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ। यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तरीय बढाउने र रोजगारी पनि सृजना गर्ने विश्वास लिएको छ।
क्लास्सिक टेकको मुख्य कार्यालयमा कपिराइट हस्तान्तरण समारोह सम्पन्न भएको हो। योसँगै आगामी दिनमा कारो फिल्म्सले अन्य वेब सिरिज र रियालिटी कार्यक्रमहरू समेत निर्माण गर्ने बताएको छ।