सिप्रदीयन सहायता संस्थाले काठमाडौं किकर्ससँगको सहकार्यमा फुटबलमा इच्छुक र दक्ष भएका तर आर्थिक सहयोग आवश्यक बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ।
फुटबलमा योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकाहरूलाई परीक्षणको अवसर प्राप्त होस् भन्ने मूल उदेश्यको साथ यो कार्यक्रमको सञ्चालन हुने भएको हो। निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षका केटाकेटी दुवैले सहभागिता जनाउन सक्नेछन्।
निःशुल्क फुटबल तालिमको छनौट कार्यक्रम फागुन २८ गते दिउँसो १२ बजे कुपन स्पोर्ट्स सेन्टर, बलुवाखानी, काठमाडौंमा हुँदैछ। हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लि मेनसनले प्रशिक्षण दिइरहेका छन्।
हाल काठमाडौं भ्यालीमा बसोबास गर्ने १२ र १३ वर्षको बालबालिकालाई यस निःशुल्क फुटबल तालिममा छात्रवृत्ति कार्यक्रममा सहभागी हुन कम्पनिले आह्वान गरेको छ। कार्यक्रमबारे थप जानकारीको ०१–४१६४३९२ मा सम्पर्क गरेर बुझ्न सकिन्छ।