भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा क्युआर कोडबाट वित्तीय कारोबार गर्न पाउने भएका छन्।
काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्युआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो।
फोनपे र भिसाको कारोबारलाई सहज बनाउनको लागि नबिल बैंकले सहकार्य गरेको छ।
फोन पेले भिसासँग सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा क्युआरबाट भुक्तानी गर्न सक्ने गरी क्युआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याएको छ।
फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरूले फोनपेको क्युआर कोडमार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए।
उनले विदेशीबाट नेपालमा घुम्नको लागि आउने भिसा कार्ड होल्डर पर्यटकहरूले अब फोनपेले बनाएको क्युआरबाटै भुक्तानी गर्न सक्ने भएको बताए। सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याति प्राप्त सुरक्षित ब्राण्ड भएकाले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
क्युआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्युआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ। पछिल्लो समय नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ती, प्रभुपे, आइएमई पे, इसेवा लगायतलाई आफ्नो नेटवर्कमा भित्र्याउँदै आएको छ।
आगामी दिनमा नेपाली बैंकहरूको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट फोनपेले जनाएको छ।