माघ महिनामा नेपालमा रेमिट्यान्स घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा माघ महिनामा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आएको छ। माघमा ७१ अर्ब ७६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८
प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको
थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)
लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। दुई लाख एक सय दुई जना नेपाली विदेशिएका छन्।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई एक लाख ५२ हजार ३२५ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१
प्रतिशतले घटेको थियो।