भारतको प्रि-स्कुल (प्रारम्भिकबाल्यकाल हेरचाह र शिक्षा) चेन नेपालमा बढ्दै गएको छ। यसका भारतीय सहरमा ७५० भन्दा बढी तथा नेपालका चार सहरहरूमा दुई हजारभन्दा बढी केन्द्र छन्।
किडजीले बालविकास र शिक्षा क्षेत्रमा काम गर्छ। यसमा लन विथ किडजी किट छ। जसमार्फत बच्चाहरुलाई घरमै धेरै कुरा सिकाउन सकिन्छ। यसमा छ वटा बाकसको सेट हुन्छन्।
एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिनासम्मका बालबालिकाहरुका लागि तीन वटा बक्सहरू र दुई वर्ष छ महिनादेखि चार वर्षसम्मका बालबालिकाहरूका लागि तीन वटा बक्सहरू हुन्छन्। सबै बाकसमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञले तयार गरेका योजना समावेश छन्। बाकस साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोचमा केन्द्रित हुन्छन्।
कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन्। यसमा भएका भिडियो कार्यक्रममार्फत बालबालिकाले घरमै आरामले सिक्न सक्छन्। किडजीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको हो। हाल काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रि-स्कुलको नेटवर्कसँग काम गरिरहेको छ। अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना कम्पनीको छ।