सर्च एजुकेशन नेपालले विधार्थीहरूको लागि नेपालमा पहिलो पटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ। यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमार्फत उपलब्ध छ। यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सु-व्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ। यस एपको प्रयोगले विधार्थीहरूलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ।
कोर्सहरू खोजः विभिन्न कलेज र विश्वविद्यालयहरूमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्ट लिस्ट गर्न सकिनेछ।
कोर्सहरू तुलनाः सर्ट लिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान र सीपअनुसार तुलना गरी छनौट गर्न सकिनेछ।
कोर्सहरूको लागि आवेदनः कोर्सबारे निर्णय गरेपछि यस पोर्टलमार्फत आफूलाई मनपर्ने कलेज र विश्वविद्यालयहरूमा अनलाइन मार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्र्याक समेत गर्न सकिनेछ।
विशेषज्ञ काउन्सलरद्धारा सहायता प्राप्त गर्न सकिनेः आफ्नो आवेदन, चयन, यात्रा र थप सम्बन्धमा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुका साथै सम्पूर्ण जानकारीहरू एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिनेछ। साथै कलेज विश्वविद्यालयहरूमा सम्पूर्ण प्रक्रिया पूरा गरिसके पछि अफर लेटर पठाए पश्चात विद्यार्थीले उक्त अफर लेटर स्वीकार गर्ने र अन्य प्रक्रियाहरू सुरू गर्न सकिनेछ।
उपरोक्त शैक्षिक सेवाहरूका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू र बीमा आदिबारे आवश्यक पर्ने कुराहरूबारे सहज रूपमा थप जानकारी प्राप्त गर्न सकिनेछ।
यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम र छात्रवृत्ति सम्बन्धी जानकारीहरू प्राप्त गर्न सकिनेछ।
सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्श दाता संस्था हो। यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफ्नो कार्यालयहरू विस्तार गरेको छ। विश्वभरका विद्यार्थीहरूलाई विश्व-स्तरीय शिक्षा र उच्च-गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउनमा कम्पनी लागि परेको छ।
नेपालमा सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू छन् भने भविष्यमा काठमाडौं उपत्यका भित्र र बाहिर विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजनामा छ।