पोखरास्थित आइएसएमटी कलेजमा सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू पढाइ हुने भएको छ।
विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरेको हो।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको आइएसएमटी कलेज पोखराले जनाएको छ।
बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज छन्। यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदैछ।
सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँ विश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफल विश्वविद्यालय हो।
सन्डरल्यान्ड विश्विद्यालयले सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस् एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा ‘टाइम्स हाइअर एजुकेसन’कै यूरोपियन टिचिङ र्यांकिङमा २०१औं स्थानमा परेको थियो।
यो विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीहरूले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने पोखरास्थित आइएसएमटी कलेजले जनाएको छ।
आइएसएमटी ग्रुप अफ कलेजेस् सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत हो।