इस्लिङट कलेजले आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ। कलेज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा कलेजले रजत जयन्ती मनाएको हो।
कलेजले उक्त अवसरमा एक विज्ञप्ति जारी गर्दै यति लामो यात्रामा साथ दिने हरेक शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी एवम् अभिभावकहरू प्रति आभार व्यक्त गरेको छ।
स्थापनाको २५ औं वर्षसम्म पनि कलेजले शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएका छ। सन् १९९६ मा स्थापना भएको इस्लिङटन आइटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेज हो।
तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरू उतीर्ण हुँदै आएका छन्। २५ वर्षको यो अवधिमा कलेजले पाँच हजार पाँच सयभन्दा बढी दक्ष्य जनशक्ति उत्पादन गरेको कलेजको भनाइ छ।
इस्लिङटन कलेजबाट उतीर्ण विद्यार्थीहरू नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएका छन्। स्वदेशमा मात्र नभई विदेशमा पनि उनीहरूको प्रदर्शन अब्बल दर्जाको हुने गरेको कलेजले दाबी गरेको छ।
कोटिभिटीका प्रबन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा यसै सन्दर्भमा भन्छन्, 'इस्लिङटनबाट उतीर्ण भएकाहरू प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए। उनीहरूमा विशेष ज्ञान थियो।'
आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार इस्लिङटन कलेजमा उपलब्ध छ।
इस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गर्छ। कलेजसँग आवद्ध प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरू नयाँ-नयाँ खोज र अनुसन्धानमा विश्वास राख्छन्। जसले सिकाई र पढाईमा नौलोपन ल्याउने मात्र नभइ नयाँ सोचको विकास समेत गर्छन्।
आइटी र व्यवस्थापन संकायमा वर्षेनी दक्ष्य र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेको कलेजले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।