सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्। उनले सरकारले एकीकृत वस्ती योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बतााएकी हुन्।
आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई दिँदै झाँक्रीले भुकम्पछि सरकारले योजना बनाएर वस्ती निर्माण गरे पनि प्रयोगमा नआएको बताइन्।
उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर त्योअनुसार प्रभावकारी प्रयोग देखिएन। वस्ती एकैठाउँ भएर मात्रै पनि भएन त्यहाँ सबै सेवासुविधा हुनुपर्यो तर त्यो हुन नसक्दा कतिपय एकीकृत वस्तीहरु खाली भएका छन्।’
पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन स्थापना भएकोमा मन्त्री झाँक्रीले शुभकामनासमेत व्यक्त गरिन्।
कार्यक्रममा समाजका अध्यक्ष पत्रकार जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाईहेका पत्रकारहरुको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने बताएका थिए।