नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य निरन्तर बढ्दै गएको छ।
आजको लागि राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ।
बुधबारको तुलनामा डलरको मूल्य १७ पैसाले बढेको हो। हिजो एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।
आज एक युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँमा २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ सात पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७१ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसा किनबेच भएको छ।