बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ संघको आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना सार्वजनिक भएको छ।
असार ३१ गते बागमती प्रदेशका अध्यक्ष ई. प्रकाश श्रेष्ठ, उपाध्यक्ष विकास लामा, ई. सुमन कट्टेल, महा सचिव साजन देउजा, कोसाध्यक्ष अनिष बानिया, सह सचिव माईकल पर्जा, सदस्यहरू सन्जिव भट्टराई, बिपिन कुइकेल, राम दहाल, आरती लामा लतायतको उपस्थितिमा बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ संघको कार्ययोजना सार्वजनिक गरिएको हो।
यस्ता छन् कार्ययोजना:
१. बागमती प्रदेशका १३ जिल्लामा रहेका सम्पूर्ण क्लवहरू यस संघमा सम्बन्धन लिनु पर्ने
२.अब प्रत्येक क्लब, स्कुलले बागमती प्रदेशबाट सर्टिफाइड कोचहरू मात्र राख्न पाउने
३. यस खेलमा सद्भाव राख्नेहरूलाई आजिवन सदस्य बन्न प्रेरित गर्ने। स्केट खेलाडीहरूलाई उपत्यकाको स्कुल, कलेजमा छात्रवृत्तिको व्यावस्था मिलाउने
४. बागमती प्रदेशबाट बाहिर देश खेल्न जाने खेलाडीहरूलाई संघले केन्द्र, रा. खे प. संघ समन्य गरेर निःशुल्क पठाउने
५. बागमती प्रदेश अन्तर्गत पर्ने स्थानमा स्केट पार्क बनाउदा संघको स्वीकृति लिनु पर्ने
६. संघको जर्सी अनिवार्य रूपमा कम्तीमा ५ वटा आउटलेटमा राख्नुपर्ने
७.यस आर्थिक वर्ष पालिका, वडा संघसँग समन्य गरेर दुइटा स्केट पार्क बनाउने
८.रसुवा जिल्लाको गोसाइँकुण्डमा फिगर स्केटिङ र आइस हकी गराउने