एड क्लबको नयाँ समिति गठन भएको छ।
क्लबले असार २८ गते नयाँ कार्य समितिको गठन गर्नुको साथै नेटवर्किङ कार्यक्रमको आयोजना गरेको छ।
क्लब गर्भनर विधान राजभण्डारीको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो।
जस अन्तर्गत ज्वाइट गर्भनरमा विशाल पुरुश ढकाल र दीपेन्द्र टन्डन छन् भने अन्य सदस्यहरूमा आश्रा भट्टराई, अनुपम अधिकारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ छन्।
कार्यक्रममा नयाँ समितिले आगामी वर्षको लागि आफ्नो दृष्टिकोण पनि प्रस्तुत गरेको छ। जसमा नेपालमा विज्ञापन र मार्केटिङ उद्योगलाई थप उचाइमा पुर्याउन निर्माण गरिएका रोमाञ्चक पहलहरू समावेश छन्।
एड क्लब, विज्ञापन एसोसिएसन अफ नेपाल (आएएन) अन्तर्गतको गतिशील र स्वायत्त संस्था हो।
यसको उद्देश्य नेपालमा विज्ञापन र मार्केटिङ सञ्चार उद्योगमा सम्पर्क स्थापित गर्नुका साथै व्यावसायिक विकासको लागि एउटा मञ्च सिर्जना गर्नु हो।