द ब्रिटिस कलेजको एसिसिए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन्।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले 'ट्याक्सेसन' विषयको परीक्षामा विश्वस्तरीय नतिजा ल्याएकी हुन्।
गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन्। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरूले निरन्तर रूपमा विश्वस्तरीय नतिजाहरू ल्याइरहेका छन्।
यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परीक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए।
त्यस्तै, रञ्जन पौडेलले 'स्ट्राटेजिक बिजनेश रिपोर्टिङ' विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेकी थिइन्।
रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए।
एसिसिए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो।
विश्वका १७९ देशमा फैलिएको एसिसिएमा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। तसर्थ, बिपिसीमा अध्ययनरत विद्यार्थीहरूले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो।
निरन्तर विश्वस्तरीय नतिजा ल्याएकोमा कलेजलाई हालै एसिसिएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ।
प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताइएको छ।