कोशी प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंबीच उद्यमशीलता विकास गर्ने तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा यस्तो समझदारी भएको हो।
मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
मुख्यमन्त्री कार्कीका अनुसार यो समझदारीले सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्नेछ।
कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारमा समझदारीले नयाँ ढोका खोलेको बताए।